Logo

राजनीति

नेपाल समूहका एमालेका मध्यस्थकर्ता नेता एता न उता



नेकपा एमालेको विवाद मिलाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता यता न उताका भएका छन् ।

नेपाल समूहबाट पार्टी मिलाउन लागेका नेताहरुलाई नेता नेपालले अध्यक्ष केपी शर्मा ओली तिर लागेका र ओलीले नेपाल समूहका हुन् भन्ने व्यवहार गर्न यता न उताका भएका हुन् । पार्टी मिलाउने कार्यदलमा रहेका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल यता न उताका भएका हुन् ।

उनीहरुले नेता नेपालको साथ छाडेका छन् भने ओलीले आफ्ना क्याम्पमा ल्याउन विश्वास गरिसकेका छैनन् । तर, ओली समूहका धेरै नेताहरूले नेताहरू कित्ता परिवर्तन गरेर आफ्नो समूहमा आएको हल्ला फैलाएका छन् ।

यसैलाई आधार मानेर कतिपय ओली पक्षका नेताहरूले नेपाललाई छाडेर भए पनि एकता गरिछाड्ने बताउन थालेका छन् । तर, यता न उता भएका नेताहरु नेपाल समूहबाट कित्ता परिवर्तन नगरे पनि नेता नेपालले वास्ता गर्न छाडेपछि ओलीको नजिक बन्न खोजेको बताइरहेका छन् ।

कार्यदलका नेताहरूसँग नेता नेपालले भेट्नै छाडेपछि उनीहरु ओलीतिर नजिक हुन खोजेका हुन् । नेता नेपालको समय मागे पनि लामो समय नेता नेपालले उनीहरूसँग छलफल गर्न छाडेका छन् । रावल, पाण्डे, विष्ट र भुसाल भएको पार्टीको कार्यक्रममा आफ्ना भनाई राखेर उनीहरूको वास्तै नगरेर नेता नेपाल निस्किन थालेका छन् ।

तर, नेता भुसाल भने आफूहरु नेपालसहितको एमाले एकताको पक्षमा रहेको बताउँछन् । नेपालले उनीहरूलाई दिने समय बरु तल्लो तहका नेताहरू र गत साउन ३ गतेदेखि आफ्नो पक्षमा आएका सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतसँग छलफल गर्न थालेका छन् ।

उनीहरूसँग समय बिताउन थालेका छन् ।नेपालले पार्टीमा स्थायी कमिटी भन्दा केन्द्रीय कमिटी र जनवर्गीय कमिटीलाई बढी संक्रिय बनाउन अभ्यास गरिरहेका छन् । स्थायी कमिटी र जनवर्गीय संगठनका कार्यक्रमहरूमै बढी समय दिन थालेका नेपालले संगठन निर्माणलाई नै पार्टीको मेरुदण्ड ठान्ने गरेका छन् ।

पार्टीको तल्लो तहको ठुलो तप्का ओलीसंग नेताहरूले झुक्नु नहुने भन्दै अहिले गरिरहेका प्रयास पनि रोक्न आग्रह गरिरहेका छन् । नेता नेपालले सबैभन्दा बढी विश्वास गर्ने यी नेताहरूले बुँदेमा जालझेल गरेको आशंका गरेका छन् ।

नेपालले आफूलाई  गलाउन उनीहरूले १० बुँदेमा जानीजानी ओलीको जित आरोप लगाउँदै आएका छन् । आजको अभियान टाइम्समा समाचार छ । 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ०७:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।