नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । आज बस्ने बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
हिजोबाट शुरु भएको बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा बिहीबार धारणा राखेका अधिकांश सदस्यहरुले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन् ।
बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए । बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । नेताहरुले पार्टी एकताका लागि सम्मानजनक पावर शेयरिङ हुनुपर्ने बताएका छन् ।
बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए । बैठकलाई सम्बोधन गर्दैै नेता नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागि पर्ने बताएका थिए । उनले ओलीको अभिव्यक्तिकै कारण एकतामा वाधा उत्पन्न भएको बताएका थिए । उनले ओलीको कार्यशैलीका कारण विश्वास गर्न सकिने अवस्था नभएको बताएका थिए ।
प्रतिक्रिया