Logo

राजनीति

माधव पक्षका ५५ जनाले बोले, ओलीलाई माफी मगाएर पार्टी एकतामा ल्याऔं



नेकपा एमालेको माधवकुमार नेपाल समूहको बैठकमा ५५ जनाले आफ्नो धारणा राखेका छन् । ५५ जना केन्द्रीय सदस्यहरु बोलीसकेपछि बैठक केही बेरका लागि स्थगन समेत गरिएको छ । 

बैठकमा बोल्ने अधिकाँस केन्द्रीय सदस्यहरुले पार्टी एकतामा जोड दिदै केपी ओलीले सच्चिनु पर्ने धारणा राखेका थिए । केन्द्रीय सदस्य मेटमणि चौधरीका अनुसार ओलीले आफ्ना गल्तीप्रति आत्माआलोचित भएर माफी मागेमा उनलाई एकतामा समावेश गर्न सकिने केन्द्रीय सदस्यहरुको धारणा हो । 

धेरैजसो केन्द्रीय सदस्यहरुले आफूहरुकै समर्थनमा बनेको शेर बहादुर देउवा नेतृत्वको सरकारमा जानु पर्ने समेत बताएका छन् । ओलीसँग नझुक्न नेतृत्वलाई सुझाव दिदै ओलीले गरेको गल्तीप्रति क्षमायाचना नगरे अर्को पार्टी बनाएर जानु पर्ने मत राख्ने केन्द्रीय सदस्यहरु समेत धेरै छन् । 

केन्द्रीय सदस्य चौधरीले ओलीलाई माफी मागेर पार्टी एकतामा आउन एक साताको डेटलाइन दिनुपर्ने बताएका छन् । 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १५:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।