नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पार्टीका लैठतहरु भर्ती गरेर बनाइएकाले भूमि आयोग खारेज गरिएको बताएका छन् ।
भूमि आयोगमा आफ्नो पार्टीका खेतालाहरु भर्ती गरेर हदबन्दी भन्दा धेरै भएका जग्गा वितरण गर्न लगाउने काम भएको उल्लेख गर्दै सांसद बिडारीले आयोग खारेज गर्ने सरकारको निर्णय सही भएको बताए ।
शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद बिडारीले टी–स्टेटको जग्गा लगायत अरु सरकारी जग्गाहरु वितरण गर्न पार्टीका लैठतहरु भर्ना गरेर काम भएकाले आयोग खारेज गरिएको दाबी गरे ।
‘आयोगका नाममा पैसाको दुरुपयोग हुने देखिएको थियो । अमिन वा अरुका नाममा पैसामात्र खर्च गर्ने मात्र काम गरेको छ,’ बिडारीले भने । अब वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्नुपर्ने उल्लेख गर्दै सांसद बिडारीले गरिबमाराबाट सचेत रहेर सरकारले काम गर्नुपर्ने बताए ।


















प्रतिक्रिया