Logo

राजनीति

ओलीसँगको दुरी घटाउँदै नेपाल, एकता नहुने सम्भावना यस्तो छ 



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच पार्टी एकताको लागि अन्तिम तयारी भइरहेको बताईए पनि दुवै पक्षका नेताहरुको गतिविधि त्यसको ठीक विपरीत रहेको पाईन्छ । एक अर्काले गर्ने गरेका कार्यक्रमहरुमा व्यक्त हुने अभिव्यक्तिले दुइ समूहबीचको दुरी बढाएको स्पष्ट देख्न सकिन्छ । 

दुवै समूहले पार्टी एकताको रटान छोडेका छैनन् तर एकतामै वाधा गर्ने गरी एकले अर्काका विरुद्ध अभिव्यक्ति दिन पनि छोडेका छैनन् । एमालेका दुइ समूहले देखाउने रामरमिता यति हदसम्मको छ कि एकताको लागि अन्तिम पहल भन्दै बोलाइएको बैठकमा समेत एकले अर्काको उछितो काड्ने गर्छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई भेटाएसम्मका शब्दले गाली गरिसके । उनले नेपाललाई पार्टी मात्र नभई देश विरोधी समेत भनिसके । नेपाल जस्तालाई एमालेमा ठाउँ ाभएको पटक पटक दोहोर्‍याए । उनको सरकारमा प्रेस सल्लाहकार रहेका सुर्य थापाले नेपाल समुहलाई नै हरामी उपनाम दिए । पार्टी एकताका लागि गठन भएको कार्यदलकै आवश्यकता नरहेको भन्दै पार्टीको बैठकले नै खारेज गर्‍यो । तर ओली समूहकै दोश्रो तहका नेताहरु अझै पनि एकता गर्ने भन्दै दोडिरहेका छन् ।

बरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकता भन्न छोडेको छैन । आफूहरुको समर्थनमा बनेको सरकारमा सहभागी हुने या नहुने निर्णय गर्न ढिलो गर्दा सरकारले पूर्णता नपाएको भन्दै सर्वत्र आलोचना हुन थालिसक्यो । कहिले पार्टी एकता गर्ने त कहिले नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुने भन्दै दोहोरो अभिव्यक्ति नेपाल पक्षले दिई रहेको छ । नेपाल पक्ष सरकारमा सहभागी भए विभिन्न विधेयक पास गरेर सरकार सञ्चालन गर्न सजिलो हुने सोच बनाएका प्रधानमन्त्री शेर बहादुर देउवाले यो समूहको निर्णय नै पर्खेको देखिन्छ । 

नेपाल समूहका पछिल्ला गतिविधि र नेताहरुका अभिव्यक्तिले पनि पार्टी एकता होला भन्ने छाँट देखाउदैन । नेत्री रामकुमारी झाँक्रीले त पार्टी एकताको लागि भनेर दौडिरहेका नेताहरुमाथि समेत प्रश्न उठाएकी छिन् । केपी ओलीले पार्टीको अध्यक्ष नछोडे एकता असम्भव रहेको उनको तर्क छ । त्यसो त नेता मेटमणि चौधरीले पनि ओलीले आफ्नो गल्तीमा माफी माग्नुपर्ने बताएका छन् । 

ओलीसँग एकता गरेर जाने सन्दर्भमा नेपाल पक्षका सर्तहरु पनि केही अफ्ठ्यारा छन् । नेपाल समूहका सर्त ओलीले सहजै वस्कार गर्ने खालका छैनन् । पार्टी गलत तरिकाले सञ्चालन गर्न खोजेको, दुई तिहाई नजिक बहुमत रहेको सरकार बचाउन नसकेको, प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको तथा सर्वोच्च अदालतको फैसलाको समर्थन लगायतका विषयमा क्षमायाचना गरेमा पार्टी एकता हुन्छ भन्ने नेपाल समूहका सर्त ओलीले कुनै पनि हालतमा मान्ने देखिदैन । 

बिहीबार नै टुंगोमा पुग्ने बताइएको नेपाल समूहको बैठक शुक्रबार समेत बस्यो । उक्त बैठकमा अघिल्लो दिन सहभागी नभएका नेता सुरेन्द्र ािण्डे पनि सहभागी भए । तटस्थ बस्न थालेका नेताहरुको उपस्थितीले नेता नेपालमा उत्साह त थप्यो तर खास निर्णय भने गर्न सकेन । 

नेपाल समूहको शुक्रबारको बैठकमा खासगरी चारवटा प्रस्ताव पारित भएका छन् । शुक्रबार जसमा सर्वोच्च अदालतले संसद पुनःस्थापनाका लागि गरेको फैसलाको स्वागत, पार्टी एकताका लागि भएको १० बुँदे प्रस्ताव र वार्ता चलिरहेका बेला वरिष्ठ नेताहरूमाथि लगाइएका टिप्पणी र लान्छना लगाउने काम अमर्यादित भएकोले दुःख व्यक्त र त्यस्ता लान्छना लगाउने काम कतैबाट हुन नहुने भन्दै विचार व्यक्त गर्दा सम्पूर्ण पार्टी पंक्ति संयमित र जिम्मेवार हुन जरुरी रहेको भन्दै ध्यानाकर्षण र प्रस्तावमा पार्टी एकताका लागि वार्ता चलिरहेको बेलामा सदस्यता नवीकरण, अधिवेशन संगठन पुनर्गठन जस्ता काम एकतालाई भाँजो हाल्ने भएको भन्दै संगठनात्मक काम रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको छ । 

अहिलेसम्म भएका १० बुँदे सहमतिहरूले एकताको आधार निर्माण गरेकोले तिनको कार्यन्वयन गर्दै एकताका लागि थप निर्णय गर्न स्थायी समितिलाई जिम्मेवारी दिने निर्णय समेत बैठकले पारित गरेको छ । राजनीतिक विश्लेषकहरुलाई नै मा खुवाइ रहेको अहिलेको राजनीतिक परिवेशमा एकातिर पार्टी एकता गर्ने भन्ने र अर्कोतिर समानान्तर गतिविधि पनि जारी राख्ने नेपालको नीतिले उनलाई कुन ठाउँमा पुर्‍याउँछ । यसै भन्न सकिने अवस्था देखिदैन । 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १८:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।