Logo

राजनीति

लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशिल राईको निधन



बिगत लामो समयदेखि कम्युनिष्ट पार्टीमा आवद्ध रहेर राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल पदम बहादुर राईको निधन भएको छ । सिन्धुली जिल्लाको हरिहरपुरगडी गाउँपालिका वडा नं. २ साविकको पिपलमाडी गा.वि.स. घर भएका राईको ६५ वर्षको उमेरमा निधन भएको हो । 

२०४९ सालमा वडा सदस्य निर्वाचित भएका राई स्थानीय स्तरमा लोकप्रिय मानिन्थे । देशमा शान्ति प्रक्रिया सुरु हुँदा तत्काली नेकपा (माओवादी र जनमोर्चा नेपालको एकता भएदेखि उनी माओवादीमै रहेर राजनीतिक सक्रियता देखाइरहेका थिए । 

बिहीबार निधन भएका राईलाई नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य तथा हरिहरपुरगडी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्र बहादुर राई र वडा नं. २ का पार्टी अध्यक्ष सुरेन्द्र जंग राईले माओवादी पार्टी झण्डा ओडाएर श्रद्धाञ्जली दिएका थिए । 

स्वर्गीय राईका एक श्रीमती, तीन छोरा र दुइ छोरी रहेका छन् ।

226819263_997005681131966_8781727358934545510_n.jpg224103683_1295148507603456_302320613313662411_n.jpg

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १८:३९   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।