Logo

राजनीति

कांग्रेसले बोलायो साउन २८ गतेका लागि केन्द्रीय समितिको बैठक 



नेपाली कांग्रेसले साउन २८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो।

बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई सूचित गरिएको छ।

बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसबारे छलफल गरिने बताइएको छ।

कांग्रेसले आगामी भदौ १६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरे पनि यस अघिका तल्लो तहका सबै अधिवेशनका कार्यक्रमका मिति घर्किसकेको छ। त्यसैले निर्धारित समयमै महाधिवेशन हुनेमा आशंका पैदा भएको छ । यसै विषयमा छलफलका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो।

Congress_Statement.jpg

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।