नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले मन्त्रिपरिषद्लाई २र४ दिनमै पूर्णता दिने निर्णय गरेको छ।
न्यूनतम साझा कार्यक्रम तयार गरको कार्यदललाई धन्यवाद दिने र लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्रीलाई बन्धक बनाउने मुख्यमन्त्री शंकर पोखरेलको कार्य आपराधिक र निकृष्ट काम भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
बैठकमा मन्त्री छान्नेबारे भने छलफल नभएको बताए।
सांसदलाई बन्धक बनाउनु लज्जास्पद र आपराधिक : माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाउनु आपराधिक आक्रमण भएको बताएको छ ।
माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले भनेको छ, ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो । हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं घोर निन्दा गर्दछ ।’
राजनीतिको यो हदको भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि सबैलाई अपील गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।
साविकको नेकपाबाट निर्वाचित खत्रीले १९ वैशाखमा माओवादी केन्द्र रोज्ने निर्णय गरेकी थिइन् । तर १५ साउनमा आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ल्याएर बन्धक बनाएको, एमालेमा फर्किएको भनेर वक्तव्य जारी गर्न लगाएको र २० गते आफू त्यहाँबाट भाग्न सफल भएको भन्दै वलीले बिहीबार पत्रकार सम्मेलन गरेकी थिइन् । एमाले र प्रदेश सरकारले भने त्यसको खण्डन गरेको छ ।


















प्रतिक्रिया