Logo

राजनीति

गृह सचिवमा टेकनारायण पाण्डे



सरकारले सचिवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । उनी भूमि व्यवस्था मन्त्रालयमा थिए ।

गृहमा रहेका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

वित्त आयोगका बगेन्द्र शर्मा पौड्याल रक्षामा लगिएका छन् । प्रधानमन्त्री कार्यालयका बैकुण्ठ अर्याल सञ्चारमा सरुवा भएका छन् ।

कर्णाली प्रदेश प्रमुख कार्यालयका सचिव गणेशप्रसाद पाण्डे भूमि व्यवस्थामा सरुवा गरिएका छन् । प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्यालय महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएका छन् ।

प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार  ७ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।