Logo

राजनीति

गुरु भट्टराईले भने – सरकारले सोधेको स्पष्टीकरण दिन्न



नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरण नदिने घोषणा गरेका छन् । महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार र पदाधिकारीहरूको आलोचना गरेको भन्दै सरकारले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।

भट्टराईले सोमवार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण नदिने उद्घोष गरेका हुन् । शून्य अवस्थामा रहेको रेलवे कम्पनीलाई सञ्चालन उन्मुख गराएको भन्दै उनले सरकारले सोधेको स्पष्टीकरण नदिने बरु राजीनामा दिने मनस्थिति बनाएका छन् ।

राजनीतिक स्पष्टीकरण सोधिएको भन्दै उनले आफू सरकारकै कर्मचारी भएकाले स्पष्टीकरण दिन नमिल्ने जिकिर गरे ।

सरकारले आफूलाई पदबाट हटाउन स्पष्टीकरणको बहाना बनाएको प्रतिक्रिया उनले दिए । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई आइतवार ३ दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्राचार गरेको थियो ।

सोहीअनुसार उनले मंगलवार स्पष्टीकरण दिनुपर्नेमा सोमवार नै पत्रकार सम्मेलन गरी स्पष्टीकरण नदिने बताएका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ । 

प्रकाशित मिति : श्रावण २५, २०७८ मंगलबार  ७ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।