सरकारले उपत्यकामा निशेधाज्ञा पुन: थप्ने तयारी गरेको छ । त्यसका लागि उपत्यकाका जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बस्दैछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं श्रोतका अनुसार मंगलबार दिउँसो दुई बजे बैठक बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय लिने बताईएको छ । ‘कोरोना सक्रमण जोखिम कायमै छ, त्यसैले निषेधाज्ञा थप्नुपर्ने आवश्यक देखिएको छ, यस विषयमा बैठकमा छलफल गरेर निर्णय हुन्छ ।’-श्रोतले भन्यो ।
उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी छ । विभिन्न चरणमा सर्तहरु खुकुलो बनाउदै सरकारले निशेधाज्ञा थप्दै आएको छ । पछिल्लो समयमा निशेधाज्ञा खुकुलो पारेसँगै संक्रमणको जाखिम समेत बढिरहेको छ । मंगलबार बस्ने प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा निशेधाज्ञामा कडाइ गर्ने बारे छलफल हुन लागेको श्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया