प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा बोल्दै देउवा सरकारले भारतद्वारा अतिक्रमित भुमि वार्ता गरेर फिर्ता ल्याउछु समेत भन्न नसकेको भन्दै आक्रोश ब्यक्त गरेका छन्। अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि फिर्ता ल्याउन सरकार डराएको बताएका छन्।
उनले सरकारले सार्वजनिक गरेको न्यूनतम् नीति तथा कार्यक्रममा उक्त भूभाग समस्या हो समधान खोज्नुपर्छ भन्ने बिषय अघि सारेर खुट्टो कमाएको बताए।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या समाधान गर्छु मात्र भनेर बर्तमान सरकारले जनताको आखामा भ्रम सिर्जना गरेको उनको जिकिर छ।
‘लिम्पियाधुरा, कालापानी हाम्रो पबित्र भूभाग हो अभिन्न अंग हो , यो समस्या कसरी भयो कुटनीतिक तरिकाले वार्ता गरेर हाम्रो भूभाग फिर्ता ल्याउँछु भन्न किन सक्नुभएन भन्दै अहिलेको सरकार अलोकतान्त्रिक भएको आरोप समेत लगाए।। ? उनले प्रधानमत्रीलाइ इंकित गर्दै भने, तपाइलाई खुट्टा कमाउने कसले बनायो ? अघिल्लो सरकारलाई आरोप लगाएको होइन । हामीले त नाकाबन्दीको सामना गर्यौ ,आँटका साथ नक्शा छाप्यौ संविधानको अंग बनायौ, भारतसँग संवाद समेत गरियो ।
अहिलेको गठबन्धनको सरकार के गर्दै छ, फिर्ता लिने हिम्मत गर्नुस , हाम्रो भूभाग छाड्ने अधिकार कसैलाई छैन। तपाईंहरुले ल्याउन नसके,डेढ वर्षपछि हामी ल्याउँछौं, उनले भने।छिमेकीसँग सीमा समस्या भनिएको छ, कुन कुन छिमेकीसँग सीमामा समस्या हो समस्या के हो भन्दै उनले प्रश्न गरे। डर किन, किन कुरा चपाएको?। असमान सन्धि भनेको कुन कुन हो? ठोस तोकेर किन बोल्न नसकेको? को-कोसँग कहाँ कहाँ समस्या छ?’ चपाउँदा चपाउँदा जिब्रो पनि रगत आइसक्यो होला,यी र यस्ता यावत् प्रश्न गर्दै उनले यो सरकार बिधि र प्रक्रियावाट नभई आध्यादेशबाट आएकोले यो जनविरोधी सरकार रहेको समेत बताएका छन।
प्रतिक्रिया