Logo

राजनीति

सांसद महतको प्रश्न : कुलमान बुढो भएपछि सरकार के गर्छ !



माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले बिद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महतोले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको  भन्दै आक्रोश पोखेका छन्। 

 सभामा बोल्दै उनले भने– ‘पुरानो सरकारले हनुमानमात्र देख्यो, “नयाँ सरकारले कुलमान मात्र देख्य।” यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोजेको भने होइन। हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिहाल्यो । उक्त प्रतिष्ठानमा  ५ महिनादेखि हाजिर नभएका कर्मचारीहरुले समेत तलब खाइरहेका छन् ।

 कुलमानले बिधुत प्राधिकरणलाई फाइदा नै पुर्याइरहेका छन्,तर  यसको मतलब कुलमान  बाहेक अरु मान्छे नै छैन् त ? कुलमान बुढो भएपछि सरकारले के गर्छ ? कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? बिद्युत प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? नेपालमा अन्य निकायहरु पनि त छन् जहाँ समस्या छ।  एयरलाइन्समा समस्या छैन ? अरु संस्थानहरु  डुबेका छैनन् ? खाली किन प्राधिकरण मात्रै किन  कुलमान मात्रै ?’ भन्ने प्रश्न गरेका छन्। 

 

 

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार  ३ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।