Logo

राजनीति

निरक्षर नेपालीलाई साक्षर बनाउनु हाम्रो मूख्य लक्ष्य हो- प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओली निरक्षर नेपालीलाई साक्षर बनाउनु मुख्य लक्ष भएको बताएका छन् । ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

उनले  साक्षर नेपाल निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविश्य सुनिश्चित गर्ने सफलताका लागि समेत यस अवसरमा शुभकामना समेत दिएका छन् ।

शुभकामना सन्देश मार्फत प्रधानमन्त्री ओलील भने,संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निस्शुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरेको छ् । यस्तो संवैधानिक सुनिश्चिततालाई हामीले कार्यान्वयन गरेका छौं । उनले विद्यालय जाने उमेर नाघेका नागरिकहरुका निमित्त जीवन उपयोगी शिक्षाका अवसरहरु प्रदान गर्दै जीवन पर्यन्त सिकाइका अवसरहरु जुटाउने विषय समेत सरकारको प्राथमिकतामा रहेको दाबी गरेका छन् ।  साक्षरता तथा साक्षरोत्तर कार्यक्रमका साथै स्वअध्ययनलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालनका साथ  सरकार अघि बढिरहेको जनाएका छन् । 

उनले साक्षर तथा साक्षरोत्तर कार्यक्रमहरुको सञ्चालनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै  सामुदायिक अध्ययन केन्द्रहरुको परिचालनबाट टोल टोलसम्म उक्त कार्यक्रमहरु पु¥याउन सम्भव भएको शुभकामना सन्देशमा भनेका छन् । आर्जित ज्ञानको प्रमाणीकरण र समकक्षता निर्धारणका सन्दर्भमा भरपर्दो पद्धति बनाउने कुरा पनि उत्तिकै महत्वपूर्ण रहेको समेत उल्लेख गरेका छन् ।

नेपालको संविधान, २०७२ को अनुसूची ८ मा अनौपचारिक शिक्षा साक्षरता लगायतका विद्यालय शिक्षाको व्यवस्थापनको विषय स्थानीय तहको अधिकारक्षेत्र अन्तर्गत समावेश गरिएको छ । यस अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा आधारभूत र माध्यमिक शिक्षा लगायत अनौपचारिक खुला तथा वैकल्पिक निरन्तर सिकाइ, विशेष शिक्षा र समुदायमा सञ्चालन हुने सिकाइका कार्यक्रम सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन मूल्याङ्कन नियमन लगायतका कार्यहरु स्थानीय तहले गर्नेगरी तोकिएको छ । यसलाई प्रभावकारी बनाउन सम्बद्ध सबै तहहरुलाई हार्दिक आह्वान गर्दछु शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल सरकारले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको उल्लेख गर्दै  यसका लागि हामीले साक्षर नेपाल वर्षको अवधारणा पत्र २०७६ स्वीकृत गरेका जनाएका छन् । उनले यसको सफल कार्यान्वयनमा प्रभावकारिता, सहजता, स्पष्टता र एकरुपता ल्याउन स्थानीय तह प्रदेश लगायत सम्वन्धित निकाय, संघ संस्था र सरोकारवालाहरुको अझै सक्रिय भूमिका आवश्यक रहेको जनाएका छन् । साक्षर नेपाल निर्माणको उद्देश्य पूरा गर्न यी सबै निकायहरुको रचनात्मक र सक्रिय भूमिका हुनु पर्ने बताएका छन् ।

हामी मुलुकलाई अविकासबाट विकासतिर, बिपन्नताबाट सम्पन्नतातिर, आंशिक साक्षरताबाट पूर्ण साक्षरतातिर अग्रसर गराइरहेका छौं । यस मार्फत सम्मृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांङ्क्षा पूरा गर्ने हाम्रो संकल्प छ । साक्षर नेपाल निर्माण गर्ने हाम्रो अभियान समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने आधारभूमि हो । तसर्थ यस अभियानलाई सफल पार्न सम्बन्धित सम्पूर्ण तह रचनात्मक र सिर्जनात्मक रुपमा सक्रिय रहने छन् भन्ने विश्वास लिएको सन्देशमा भनिएको छ ।

यतिबेला विश्वजगत कोभिड– १९ को महामारी सामना गरिरहेको बताउँदै संसारसँगै हामी पनि कोभिड– १९ को संङ्क्रामक रोग, त्यसबाट उत्पन्न मानवीय क्षति ब्यहोरिरहेका छौं । जनता र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा यसले पु¥याएको क्षतिबाट माथि उठ्ने चुनौति हाम्रा सामु छ । त्यसैले दीगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको लक्ष्य हासिल गर्न हामीले कामको रफ्तार बृद्धि गर्नु पर्ने छ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता कार्यान्वयन गर्न उद्देश्य उनुरुप साक्षर नेपालको अभियान अगाडी बढाइरहेका छौं भन्दै शुभकामना सन्देश मार्फत आफ्नो धारणा राखेका छन् ।

निरक्षर नेपालीलाई साक्षर बनाउनु हाम्रो मूख्य लक्ष्य हो । हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भइसकेका छन् । आगामी दिनहरुमा वाँकी रहेका जिल्लाहरुको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस अवसरमा मेरो आग्रह छ– हामी सवै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौं भन्दै  सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार