Logo

राजनीति

अफगानिस्तानका राष्ट्रपति अशरफ गानी देश छाडेर भागे



अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवानले राजधानी काबुल कब्जा गर्न लागेपछि उनले देश छाडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

समाचार एजेन्सी एएनआईले घानीले अफगानिस्तान छाडेको जनाएको छ । उनी ताजिकिस्तान गएको त्यहाँका आन्तरिक मामला मन्त्रीले जनाएका छन् । घानीसहित अफगानिस्तानका मुख्य नेताहरुले देश छाडेको रिपोर्ट छ ।

अफगानिस्तानको काबुलमा तालिवान पसिसकेका छन् । उनीहरुले सरकारी सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । काबुल बाहिर जान चाहनेलाई जान दिइने समेत भनेका छन् ।

अफगानिस्तानमा तालिवानको कब्जा निश्चित भएपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रयास भइरहेको छ । एजेन्सी  

प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार  ८ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।