Logo

राजनीति

कुलमान घिसिङ विरुद्ध सर्वोच्चमा रिट दायर



नेपाल विद्युत प्राधिकरणमा हालै नियुक्त गरिएका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्राधिकरणमै यसअघि प्रमुख कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यले घिसिङलाई हटाउन माग गर्दै रिट दायर गरेका हुन् । 

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट  निवेदन दर्ता गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले अनलाइनपानालाई बताए । 

अधिवक्ता पौडेलका अनुसार शाक्यले रिटमा पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेका छन् । शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । 

यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् । 

सोमबार सर्वोच्चमा शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरिए पनि पेशी भने तोकिएको छैन । 

 

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  ४ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।