Logo

राजनीति

महन्थको माग सर्वोच्चद्वारा अस्वीकार, आयोगको निर्णयलाई मान्यता



जसपाको आधिकारिकता आफूले पाउनु पर्ने माग सहित महन्थ ठाकुरले दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुरले दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो । 

न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

अदालतले आयोगको निर्णयलाई नै मान्यता दिँदै ठाकुरको माग अश्वीकार गरेको हो । ठाकुरको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, प्रकाशबहादुर केसी, विजयकान्त मैनाली, ईश्वरी भट्टराईलगायतले बहस गरेका थिए ।

उपेन्द्र यादवको पक्षबाट भने महादेव यादव, हरिहर दाहाल,मुक्ति प्रधान, दिनेश त्रिपाठी, टिकाराम भट्टराई, वीरेन्द ठाकुर, दिनमणि पोखरेल लगायतले बहस गरेका थिए ।

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  ७ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।