Logo

राजनीति

नेपालमा जोखिम प्रकट हुनै पाउँदैन : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जोखिम प्रकट हुनै नपाउने बताएका छन् । प्राकृतिक विपद जोखिम न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा जोखिम प्रकट हुन नपाउने र भइहाले समाधान गर्न सरकार तत्पर रहेको बताए ।

उनले व्यापक जागरण र सबैको साझा प्रयासबाट प्रकृतिक विपद जोखिम न्यूनीकरण गर्नुपर्ने समते बताएको छ । उद्दार, राहत र पुननिर्माणका कामलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सरकारले आफ्नो सहभागितालाई बढाउँदै लगेको उनको भनाइ छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा केन्द्रले तय गरेका राष्ट्रिय नीति, रणनीति र कार्ययोजनालाई प्रवाहीत गर्ने र सबै तहमा जानकारी गराउने काम भइराखेको पनि प्रधामन्त्री ओलीले बताएका छन्।

सन २०१५ देखि शुरु भएको दिगो विकास लक्ष्यले पनि विपद जोखिमको सन्दर्भमा महत्वपूर्ण दृष्टिकोण अगाडि सारी काम गरिराखेको पनि उनले बताए । नेपालमा विपद जोखिम न्यूनीकरण र त्यसबाट उत्पन्न भएका असरहरुको समाधान गर्ने सन्दर्भमा राष्ट्रिय नीतिको तर्जुमाबाट तयार भएको रणनीतिक कार्ययोजनालाई दिगो विकास लक्ष्यसँगै जोडेर राष्ट्रिय रणनीति तय भइसकेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् । विपद न्यूनीकरणका लागि मानविय भावना, परोपकारी भावना र सहकार्यको भावनाको आवश्यकता भएको पनि उनको भनाइ छ ।

पछिल्लो समय कोरोना भाइरसले मानविय र अर्थतन्त्रमाथि गम्भिर क्षति पुर्याएकोले पनि सबै मिलेर न्यूनीकरणमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । कोरोना संक्रमणको अहिलेको स्थितिले विश्व व्यवस्थाको सन्दर्भमा नयाँ नयाँ ढंगले सोच्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विश्व कोरोना महामारीको विरुद्ध जुधिरहेको अवस्थामा सम्पूर्ण व्यक्ति एक भई विपदको समाना गर्न दिवसले सबैलाई प्रतिवद्ध बनाउने विश्वास व्यक्त गरे । प्राकृतिक विपदको विरुद्ध एक्लै लडन असम्भव हुने भएकाले सबै पक्ष एक भएर काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । गृहमन्त्री थापाले नेपालमा यस वर्षको मनसुनमा ५ सय भन्दा बढीको संख्यामा मानविय क्षति भएको र एक अर्ब भन्दा बढीको आर्थिक क्षति भएको बताए । प्राकृतिक विपद न्यूनीकरणका लागि सरकारले आवश्यक ऐन, नियमावली र कार्यविधिको पनि व्यवस्था गरेको उनले बताएका छन्  ।

 

 

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  २ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।