मन्त्रिपरिषद बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका हुन्।
प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताए अनुसार उनि अध्यादेश जारी गर्नका लागि बैठकको निर्णय लिएर शितल निवास गएका हुन्।
केहि समय अघि मात्र बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश पास गरेको थियो। उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।
प्रतिक्रिया