Logo

राजनीति

माधव नेपाल सहित १४ जना सांसद एमालेबाट निस्कासित, को-को परे ?



नेकपा एमालेको केपी शर्मा ओली समूहले बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । नेपाल सहितका १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको र सोको जानकारी निर्वाचन आयोगमा समेत दिएको हो ।

कारवाहीका लागि सिफारिस गरिएका सांसदहरुमा माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन् ।

निर्वाचन आयोगमा पुगेको पत्रमा उनीहरुको पद रिक्त भन्ने रहेको बुझिएको छ ।
 

प्रकाशित मिति : भाद्र १, २०७८ मंगलबार  ४ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।