नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताएका छन् ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार सरकारले बिस प्रतिशत पुर्याएर पार्टी फुटाउन सकिने अध्यादेश ल्याएसंगै नेता कोइरालाले उक्त निर्णयप्रति आपत्ति जनाएक हुन्। सरकारले आफ्नो सुविधाका लागि अध्यादेश ल्याएपनि त्यसलाई आफूले समर्थन गर्न नसक्ने कोइरालाको भनाई छ ।
ूसरकार सञ्चालनको सुविधानको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर ससदलाइ बेवास्ता गर्दै अध्यादेशबाट मात्रै राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्नू भन्दै उनले सामाजिक संजाल र ट्वीटरमा ट्वीट गरेका छन् ।
संसदमा परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनु पर्नेमा त्यसलाई बेवास्ता गर्दै एस्तो अध्यादेशलाइ अघि सारिनु प्रधानमन्त्रीको ठुलो चुक हो उनले भनेका छन्। यो कांग्रेसको संस्कार होइन भन्दै कोइरालाले आपत्ति जनाएका छन्।
।
प्रतिक्रिया