नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकमा सांसद कुर्मराज शाही नियुक्त भएका छन् । संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार कालीकोटबाट निर्वाचित सांसद शाहीलाई सचेतकमा नियुक्त गरेको हो ।
मुख्यमन्त्री शाहीले माधव नेपाल समूहका नेताहरुसँगको सहमतिपछि कुर्मराजलाई सचेतकमा नियुक्त गरेको बताइए । यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेको थियो । सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले कुर्मराजलाई नियुक्त गरेको हो ।
कुर्मराज नेकपा नेता माधवकुमार नेपाल समूहका हुनुहुन्छ । उनी २०७४ को प्रदेश सभा निर्वाचनमा कालीकोट–१ बाट निर्वाचित समेत भएको थियाे ।




















प्रतिक्रिया