Logo

राजनीति

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नयाँ पार्टी गठनमा लागे नेपाल समूह



राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ दल गठनको तयारीमा लागगेको छ । नयाँ दल दर्ताका लागि सबै तयारी पूरा गरेको बताएको नेपाल समूह बानेश्वरस्थित अर्याल होटेलमा निर्णायक बैठकका लागि भेला भएका छन् ।

बैठकमा पार्टी विभाजनका लागि तयार भएका केन्द्रीय सदस्य र सांसदहरू उपस्थित छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनेबित्तिकै माधव नेपाल बैठक स्थलामा आएका छन् । उनी आएसँगै बैठक शुरू भएको छ ।

बैठकपछि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा जाने नेपाल समूहको तयारी छ । एक नेताका अनुसार पार्टीको केही नाममध्ये प्राथमिकतामा नेकपा एमाले (समाजवादी) राखिएको छ । चुनाव चिन्ह भने कलम, हँसिया हथौडा वा कुनै रूपमा सूर्यको विकल्पमा छलफल भइरहेको छ ।

 

प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार  २ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।