Logo

राजनीति

जसपा लोकतान्त्रिक दर्ता गर्ने तयारीमा महन्थ ठाकुर



महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाम राखेर नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी गरेको हो । त्यसका लागि अहिले ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

ठाकुर समूह श्रोतका अनुसार जसपा नेपाल (लोकतान्त्रिक) राखिनेछ भने अध्यक्ष महन्थ ठाकुर रहनेछन् । जसपा नेपाल (लोकतान्त्रिक) को चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ ।

११ साउनमा निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुरसहितका नेताहरुले नयाँ दल दर्ताको तयारी गरेका हुन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) मिलेर वैशाख २०७७ मा जसपामा बनेको थियो । तर ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि जसपामा विवाद सुरु भएको थियो ।

 

प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार  २ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।