Logo

राजनीति

बृहत् प्रजातान्त्रिक माेर्चा निर्माण गराैं : कमल थापा



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत् प्रजातान्त्रिक मोर्चा निर्माणको आह्वान गरेका छन्।
 
अध्यक्ष थापाले देशमा भइरहेको ब्रह्मलुट, सर्वसत्तावाद, धर्म परिवर्तन, विदेशी चलखेल पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन मोर्चा निर्माणको आह्वान गरेका हुन्। 
 
थापाले ट्विटरमा लेखेका छन्, ‘सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्त र प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन।बृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणका लागि आह्वान गर्दछु।’
 
IMG_20201013_140527.jpg

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १५:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।