नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरुलाई काठमाडौं बोलाएका छन् ।
स्रोतका अनुसार विहीबार प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह-इन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाइएको हो ।
कर्णालीको विवादलाई लिएर अध्यक्षद्वय ओली र दाहालबीच मंगलबार बालुवाटारमा भएको छलफलपछि उनीहरुलाई काठमाडौं बोलाइएको स्रोतले जनाएको छ ।
यसका साथै, प्रदेशका अन्य नेताहरु आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद चन्द्रबहादुर शाही र गुलावजङ्ग शाहलाई पनि काठमाडौं बोलाइएको बताए ।
गत आइतबार १८ जना सांसदहरुले दलका नेता तथा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि कर्णालीमा विवाद चर्किएको थियो । तर, माधव नेपाल-दाहाल समूहका कर्णालीका नेताहरुबीच सहमति भएपछि अविश्वासको प्रस्ताव ‘फेल’ भएको छ ।




















प्रतिक्रिया