Logo

राजनीति

पहाडीको योगदानप्रति नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत छः नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

पहाडीको निष्ठा र योगदानप्रति नेपालको कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत भएको पूर्वप्रधानमन्त्री नेपालले प्रेस विज्ञप्तिमा जनाएका छन् । 

सांसद पहाडीले नेपाली समाजको रुपान्तरण र नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएकी थिइन् । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित उनको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । 

उनी २०७४ सालमा भएको  निर्वाचनमा समानुपातिकतर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट सङ्घीय संसद्को प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन् । 

प्रकाशित : २८ आश्विन २०७७, बुधबार