Logo

राजनीति

प्रधानमन्त्री ओलीको नवनियुक्त मन्त्रीहरूलाई नमूना बन्ने गरी काम गर्न निर्देशन



नवनियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नमूना बन्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीवार (आज) साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरूलाई बधाई दिदै नमूना बन्ने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरूबाट ठूलो आशा राखेको बताउँदै नमूना बन्ने गरी काम गर्न निर्देशन दिनुभएको बताइएको छ । यसैबीच प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा पूरा गर्न सबै एक जुट भएर अघि बढ्नुको विकल्प नभएको समेत बताउनुभएको थियो ।

बुधबार भएको मन्त्रीमण्डल पुनर्गठनमा रिक्त अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त हुनुभएको छ ।

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिनुभएको छ भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।

 

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  ११ : ३० बजे