Logo

शेयर बजार

ज्वति लाइफ इन्स्योरेन्सको आइपीओ आउँदै 



ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर जारी गर्ने तयारी गरिरहेको छ। कम्प्नीले कात्तिक २६ गतेका लागि तय गरेको तेस्रो वार्षिक साधारणसभामा पुँजी वृद्धिका लागि उक्त प्रस्ताव पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै कार्यालयमा गर्न लागेको हो। सभाले संचालक समितिको प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने र लेखापरिक्षकको नियुक्तिको निर्णय तथा पारिश्रमिक तोक्ने छ। साथै, विशेष प्रस्तावमा धितोपत्र दर्ता गरी आइपीओ निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी संचालक समितिलिई दिने लगायतका प्रस्ताव सभा पेश हुने छन्। 

हाल कम्पनीले संस्थापक सेयरधनीहरुबाट १ अर्ब ५४ करोड चुक्ता पुँजी कायम गरेको छ। कम्पनीले २ अर्ब चुक्ता पुँजी कायम गर्नका लागि ४६ करोड बराबरको ४६ लाख कित्ता सेयर जारी गर्नुपर्ने हुन्छ। कम्पनीको यो सभाले उक्त सेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि कम्पनीले नेपाल धितोपत्र बोर्डका निवेदन दिनेछ। 

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार