Logo

चलचित्र ‘चोर र पुलिस’को छायाँकन सुरु



काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायाँक्न सुरु भएको हो ।

काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको पे्रमकथामय गीत ‘कुन देश कि परी..’बाट छायाँकन सुरु गरेको थियो । गीतको छायाँकन कालिन्चोक आसपासका स्थानमा  गरिएको हो । गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका थिए ।

movie  (2).jpg

कालिन्चोकको अहिलेको मौसम एकदमै राम्रो भएकोले हेलिकोप्टर चार्टर गरेर फिल्म छायाँकन त्यहाँ पुगेको निर्देशक राजु लामाले बताए । ‘प्राकृतिक सुन्दरता र मौसमले कालिन्चोक साँच्चै स्वर्ग जस्तै लाग्यो’ लामाले थपे ।

अभिनेत्री कविता रायले कालिन्चोकको सौदर्यले आफु मोहित भएको बताइन् । पहिलो चोटी कालिन्चोक पुगेकी कविताले भनिन् ‘कालिन्चोको सौदर्य बर्णन गरेर नसकिने छ ।’

दोलखाकोअलवा सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौलगायतका स्थानमा फिल्मको छायाँकन हुनेछ ।

movie  (7).jpg

फिल्ममा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ । 

आरएल फिल्म इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा बन्ने फिल्मका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् । निर्देशक लामाकै लेखन रहेको फिल्मले नचाहादा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कतब्यै बिषयबस्तु बनाएको छ । फिल्मका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् ।

movie  (5).jpg

फिल्ममा विकास चौधरीको संगीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिनको, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किरतीको द्धोन्द र रामेस्वर हुमागाईको छायाँकन रहनेछ । फिल्मका रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सहनिर्माता रहेका छन् । चलचित्रको बितरण रीज इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नेछन् ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १४:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।