साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज सेयर बजार मापन गर्ने नेप्से परिसूचक १३ दशमलव ५८ अंकले बढेर १५७० दशमलव ३८ बिन्दूमा रोकिएको छ ।
आज दिनभर कारोबारमा आएका १८९ कम्पनीको ३३ लाख ५३ हजार २ सय १ कित्ता सेयर किनबेच हुँदा ९७ करोड ९० लाख ९४ हजार ४ सय ३ रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा हरियालि छाएपनि कारोबार रकममा भने गिरावट देखिएको हो ।
प्रतिक्रिया