Logo

राजनीति

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध चार उजुरी



 प्रस्तावित दुई राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नीतिगत भ्रष्टाचारको उजुरी परेको छ । अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ ।

कोविरूद्ध कति/कति उजुरी परेका हुन् खुलेको छैन । उजुरीकर्तालाई बोलाउनका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित गरिने समितिले जनाएको छ । १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको समितिले दुईजनाविरुद्धमा परेका ४ उजुरी खोलेको हो ।

पूर्वअर्थमन्त्री खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार  ३ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।