Logo

दशैंमा सीडीओ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन



 प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई दशैंका समयमा जिल्लामै रहन सरकारले निर्देशन दिएको छ । गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको हो ।

कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो ।

गृहले चाडबाडको बेलामा मानिसको आवत–जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ । चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ ।

 

griha-bigpti.jpg

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार २२:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।