Logo

राजनीति

बरिष्ठ नेता पौडलको बिज्ञप्ति र युवा नेता कर्णको सडक आन्दोलनको धक्का : अरबौं भ्रष्टाचार रोकियो



रेलमार्गको ठेक्का प्रक्रियामा मिलेमतो गरि नितिगत भ्रष्टाचार गरिएको भन्दै चौतर्फी रुपमा चर्को दबाब र विरोधपछि रेल विभागले काँकडभिट्टा–इनरुवा १०६ किलोमिटर लामो रेलमार्गको ट्र्याक बेड निर्माणको ठेक्का रद्द गरेको छ ।

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ १७ गते बिज्ञप्ति जारि गर्दै पुर्व तयारि र जग्गा मुआव्जाको व्यबस्था, साइट क्लियरेन्स नगरि  अरबौं पैसा भ्रष्टाचार गर्न मिलेमतो गरि ठेक्का निकालिएकोले तत्काल रद्ध गर्न र भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न माग गरेका थिए भने  नेविसंघ पुर्व अध्यक्ष तथा संबिधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा काँग्रेस निकट युवा नेताहरुले गत आइतवार सडक आन्दोलन गर्दै ठेक्का रद्ध गर्न र भ्रष्टाचारिहरुलाई कारवाही गर्न माग गर्दै माईतिघर मण्डलामा कालो पट्टि सहित बिरोध प्रदर्शनमा उत्रिएका थिए ।

१०६ किलोमिटर लम्बाईको ट्र्याक बेड निर्माणलाई सीमित ९१८० ठेकेदार मात्र सहभागी हुन पाउने गरी ५४ टुक्रा पारिएको थियो । बोलपत्र मूल्यांकन समितिले कोरोना महामारी र जग्गा प्राप्ति तथा साइट क्लिरेन्स तत्काल हुन नसक्ने भएकाले बोलपत्र स्विकार्न नसकिने राय दिएपछि विभागले मंगलबार सूचना निकालेर ठेक्का रद्द गरेको हो ।

बोलपत्र मूल्यांकन समिति र रेल विभागका कानून तथा लेखा शाखालगायतले बोलपत्र स्विकार्न नसकिने राय लेखेर महानिर्देशकसमक्ष सिफारिस गरेका छन् । 

यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्वतयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । सीमित ठेकेदारलाई भाग लगाएर ट्रयाक निर्माणको ठेक्का दिइएपछि केपी ओली सरकारको चौतर्फी विरोध भएको थियो ।

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  ७ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।