Logo

राजनीति

उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालद्वारा उम्मेदवारी दर्ता



नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेद्वारी दर्ता गरेका छन् । ढकाल महासंघको वर्तमान उपाध्यक्ष हुन् । महासंघको केन्द्रीय कार्यालय टेकूमा आज (बुधबार) ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेद्वारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

ढकाल प्यानलको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका बताइएको छ ।

उम्मेद्वारहरुले महासंघको चुनावका लागि बुधबारदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्न सक्ने जनाइएको छ । आगामी मंसिर ११, १२ र १३ गते महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन काठमाडौंमा हुँदैछ ।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार