Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक चिनियाँ बैंकमा खाता



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक चिनियाँ बैंकमा खाता भएको न्युयोर्क टाइम्सको एक रिपोर्टले जनाएको छ ।सन् २०१३ र २०१५ को बीच उक्त बैंकको खाताबाट स्थानीय करको भुक्तानी पनि गरिएको जनाइएको छ । खाता ट्रम्प इन्टरनेशनल होटेल प्रबन्धनद्वारा नियन्त्रित छ । राष्ट्रपति ट्रम्पका प्रवक्ताका अनुसार एसियामा होटल उद्योगसँग जोडिएका सम्भाव्यताहरु खोज्नको लागि बैंक खाता खोलिएको थियो ।

राष्ट्रपति ट्रम्पले चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीहरुको आलोचना गर्दै आएका छन् । उनले दुई देशबीच व्यापारिक लडाइँ पनि सुरु गरेका छन्। उनले कर तिरिएको रेकर्डबाट चीनमा रहेको बैंक खाताको बारेमा पत्ता लागेको न्युयोर्क टाइम्स अखबारमा उल्लेख छ । अखबारका अनुसार त्यसमा ट्रम्पको व्यक्तिगत र कम्पनी, दुवैको वित्तीय विवरण समावेश थियो ।

सन् २०१६–२०१७ मा ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा अमेरिकी फेडरल ट्याक्सको रुपमा उनले मात्र ७५० अमेरिकी डलर भुक्तानी गरेको अखबारले जनाएको छ। उनले ट्याक्स बचाउन सबै नियमको फाइदा उठाएको कारण त्यति कम ट्याक्स दिनु परेको जनाइएको छ। उनको चिनियाँ बैंक खाताबाट स्थानीय करमा एक लाख ८८ हजार पाँच सय ६१ अमेरिकी डलर भुक्तानी भएको बताइएको छ। बीबीसीको सहयोगमा

प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार  ४ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।