Logo

कांग्रेस नेता तेजबहादुर पुनको कोरोना संक्रमणबाट मृत्यु



 नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५० वर्षीय पुनको ज्यान गएको हो । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको नेता पुनको उपचारकै क्रममा बुधबार मृत्यु भएको बताइएको छ ।

पुनलाई कोरोनाको संक्रमण भएको मंगलबार पुष्टि भएको थियो। कोरोना संक्रमणबाट मृत्यु हुने पुन डोटीका पहिलो व्यक्ति रहेको जनाइएको छ ।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार