Logo

दशैंमा खल्तीले ल्यायाे खल्तीले ल्यायो दुइ जोडीको लागि माउन्ट एभरेस्टमा ब्रेकफास्ट अफर



नेपालको लाेकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दशैँको उपलक्ष्यमा खल्तीकाे माध्यमबाट हवाइ टिकट खरिद गर्ने  ग्राहकलाइ हुने गरी खल्तीको डिजिटल खुसियाली: एभरेस्टमा ब्रेकफास्ट अफर ल्याएको छ।

एभरेस्टमा ब्रेकफास्ट अफरमा भाग लिन खल्तीबाट प्लेनको टिकट खरिद गर्दा एक सय रूपैयाँभन्दा बढी भुक्तानी गरे पुग्छ।  यसरी भुक्क्तानी गर्ने मध्ये एक-एक जना गरी दुइ भाग्यशाली बिजेता छानिने छन्।  जति बढी पटक भुक्तानी गरिन्छ, त्यति बढी सम्भावना रहने छ।

दुइ भाग्यशाली बिजेताले आफु र आफ्नोको लागि सगरमाथामा गइ ब्रेकफास्ट गर्ने अवसर पाउने छन् । त्यस प्याकेजमा लुक्ला जान र अाउन दुइ तर्फी प्लेनको टिकट, ट्रेक बारे जानकारी, लुक्ला बाट नाम्चे बजारको ट्रेक, बस्ने व्यवस्था र ब्रेकफास्टकाे सुविधा उपलब्ध हुने छ । 

यस अफरको अन्तिम यही  मङ्सिर ५ गते राति १२ बजेसम्म टिकट किन्नु पर्नेछ । साथै बिजेताको घोषणा ७ दिनपछि खल्तीको औपचारिक फेसबुक पेजमा लाइभमार्फत हुनेछ । 

अन्तिममा यो अफर नेपालमा बस्नेहरु जसको उमेर १८ वर्ष र त्योभन्दा माथि भएकाहरुका लागि मात्र मान्य हुनेछ। यसमा सहभागी हुन कुनै प्रकारको शुल्क लाग्ने छैन।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १६:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।