Logo

समाचार

कपिलवस्तुमा नाइट बस दुर्घटना



काठमाडौं । कपिलवस्तुमा नाइट बस दुर्घटना भएको छ । बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको नाइट बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मिन बहादुर घलेले जानकारी दिए । उनका अनुसार बसमा चालिस यात्रु सवार थिए ।

घाइतेहरूमा चार पुरूष र दुई महिला छन् । तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेको डिएसपी घलेले जानकारी दिए ।

उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गति र मोड भएका कारण दुर्घटना भएको डिएसपी घलेले बताए।

दुर्घटनापछि चालक भने फरार छन् । प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको डिएसपी घलेले जानकारी दिए ।

प्रकाशित मिति : असार १५, २०८० शुक्रबार  १ : ३६ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।