Logo

समाचार

आज गुरुपूर्णिमा मनाइँदै



काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ ।

चार वेद र १८ पुराणका रचयिता महर्षि वेदब्यासको जन्मदिनलाई गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । सनातन सँस्कृतिमा गुरुलाई भगवान स्वरुप मान्ने गरिन्छ । यस दिन गायत्री मन्त्र दिने, वेदका मन्त्र सुनाउने र शिक्षाको ज्योति दिने गुरुप्रति सम्मान प्रकट गर्ने गरिन्छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।

प्रकाशित मिति : असार १८, २०८० सोमबार  १० : २० बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।