Logo

प्रमुख समाचार

मकवानपुरमा दुई ट्रक एकापसमा ठोक्किँर आगलागी हुँदा तीनको मृत्यु, दुई जना घाइते



मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकामा दुईवटा ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । शनिबार बिहान करिब पौने दुई बजेको समयमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरी प्रमुख एसपी वामदेव गौतमका अनुसार हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नम्बरको ट्रक ठक्कर खाएर दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको थियो ।

दुर्घटनामा ना६ख ६६६७ नम्बरको ट्रकका चालक चितवन राप्ती ८ का २८ वर्षीय रिहान रुम्बा तामाङ र सहचालक गोरखाको गण्डकी २ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ तथा ना६ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरि ३ का २० वर्षीय अमृत प्रजाको मृत्यु भएको छ ।

चितवन राप्ती–३ का ३५ वर्षीय विवेक तामाङ र मनहरि–३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीहरूको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : असार २३, २०८० शनिबार  १० : ४३ बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।