Logo

अर्थ

‘मिटरब्याज सम्बन्धी कानून तत्काल पारित गर !’



काठमाडौं । मिटरब्याजसम्बन्धी कानुन पारित गराउन राज्यलाई दबाब दिन आज मिटरब्याज पिडितहरूले प्रदर्शन गरेका छन् । मिटरब्याजी विरुद्धको संघर्ष समिति, नेपालले राजधानी काठमाडौंको माइतिघर देखि नयाँ बानेश्ररसम्म प्रर्दशन गरेका हुन् ।

सिराहा, राजविराज, महोत्तरी, धनुषालगायत देशका १० भन्दा बढी जिल्लाबाट पीडितहरू आज काठमाडौं आई प्रदर्शनमा उत्रिएका हुन् । गत चैत्र १८ गते आन्दोलनरत पीडित पक्षसँग सरकारले मिटरब्याजीविरुद्ध कानुन ल्याउने सहमति भएकाे गरेकाे थियाे ।

सहमति भएसँगै पीडितहरु आ-आफ्नो जिल्ला फर्केका थिए । तर संसद्‍मा एमालेकाे अवराेधका कारण मिटरब्याजसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक  अघि बढ्न नसकेपछि पुन: काठमाडाैं आएर मिटरब्याजी पीडितहरू आन्दाेलित भएका हुन् ।

तस्बिरहरू हेर्नुहाेस्:–

       

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १५:०७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।