काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो ।
‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले बताए ।
उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया