Logo

प्रमुख समाचार

मनाङ एयरको हेलिकप्टर सोलुखुम्वुको लाम्जुरामा दुर्घटना



काठमाडौं । लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लाम्जुरामा दुर्घटना भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लाम्जुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो ।

उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : असार २६, २०८० मंगलबार  ११ : ५३ बजे

447
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।