Logo

समाचार

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक



काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।

मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिए ।

उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।

मन्त्री किरातीले पनि बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । नि:शब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जली !’

यसैबीच प्रधानमन्त्रीले राईको निधन भएकोमा उनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

मन्त्री निवास पुलचोक पुगेर प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जलीपछि शवलाई हेलिकप्टरमार्फल गृहजिल्ला भोजपुर लैजाने तयारी छ । बुवाकै इच्छा अनुसार गाउँमै अन्त्येष्टि गर्न लागिएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १०:२६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।