Logo

राजनीति

म कमजोर पार्टीको बलियो नेता हैन, बरु बलियो पार्टीको कमजोर नेता बन्न चाहान्छु : पाैडेल



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्ति बलियो नभई पार्टी बलियो हुनु पर्ने अभिव्यक्ति दिएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा नेता पौडेलले उक्त कुरा बताएका हुन् । 

नेता पौडेलले पछिल्लो समय नेपाली कांग्रेस कमजोर पार्टी बनेको प्रति इंगित गर्दै भनेका छन्, व्यक्ति बलियो हैन, पार्टी बलियो बनाउने लक्ष लिनुपर्छ । उनले भने, म कमजोर पार्टीको बलियो नेता हैन, बरु बलियो पार्टीको कमजोर नेता बन्न चाहान्छु । 

कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा संस्थापक पक्ष र इतरपक्षबीचको विवाद समेत चुलिदै गएको छ । पार्टी सभापति शेर बहाद देउवाले महाधिवशेन लक्षित आफू निकट व्यक्तिहरुलाई विभाग लगायतका क्षेत्रमा मनोयन गरिरहेको भन्दै वरिष्ठ नेता पौडेलले विरोध जनाउँदै आएका छन् ।

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  ११ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।