Logo

समाचार

२८ दिनपछि खुल्यो अवरुद्ध सदन, उपप्रधानमन्त्री खड्काले दलहरुबीच भएको सहमतिबारे गराए जानकारी



काठमाडौं । २८ दिनदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक बसेको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित भएको बैठक २८ दिनपछि छानविन समिति गठन गर्ने सहमतिसँगै सदन बसेको हो ।

बुधबार सिंहदबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच दुई बुँदे सहमतिसँगै सदन खुलेको हो ।

दलहरुबीच इलेक्ट्रिक सिगरेटमा लुकाएर ल्याएको सुन साथै ब्रेक सुमा हालेर तस्करी गरिएको सुनलगायतका घटनामा छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको छ । उपप्रधानन्त्री एवं गृहमन्त्रीले दलहरुबीच भएको दुई बुँदे सहमतिबाट सदनलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १६:३७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।