काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।
सभामुख देवराज घिमिरेले बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तय गरेको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिएका छन् ।
संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।
बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।
















प्रतिक्रिया