Logo

समाचार

अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी अग्रवाल चयन



काठमाडौँ । अग्रवाल सेवा केन्द्रको १७ औँ वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको  अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल कुमार धानुका , सुबोध कुमार गाडिया र रमेशकुमार अग्रवाल चयन भएका हुन। यस्तै मानार्थ उपाध्यक्षमा सुमितकुमार अग्रवाल र राम अवतार टाईवाला निर्वाचित भएका छन्। १२ सदस्यीय पदाधिकारीको महासचिवमा पङ्कज जलान, कोशाध्यक्ष अरुण डोकानीयाँ र सचिवमा भरतकुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया चयन भए । यस्तै सहकोषाध्यक्ष ऋषिकुमार अग्रवाल चयन भएका छन् ।

अग्रवाल सेवा समाजले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । खास गरी प्राकृतिक विपतमा नागरिकको सेवामा लामो समयदेखि काम गर्दै आएको नवनिर्वाचित महासचिव पङ्कज जलानले बताए । निर्वतनमा अध्यक्ष राजेन्द्र खेतानले सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्नका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १७:५९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।