काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै आयोगले एक आपसमा देखिएका विमतिहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाको लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्दा उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानार्षण भएको जनाएको छ । आयोगले यस संवेदनशील विषयमा विभिन्न माध्यमबाट जानकारी लिनुका साथै अनुगमन गरिरहेको छ ।
विज्ञप्ति :–






















प्रतिक्रिया